सीधाकुराविरुद्धको मुद्दा न्यायाधीश चुडाल र शर्माको इजलासमा
यो मुद्दा आज न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासमा परेको छ।
काठमाडौं, जेठ ३० : सीधाकुराविरुद्धको अदालतको अवहेलनामा मुद्दामा आज सुनुवाई हुँदैछन्।
यो मुद्दा आज न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासमा परेको छ।
अनलाइन तथा युट्युब च्यानल सिधाकुराले सर्वोच्च अदालतका न्यायाधीशको समेत नाम जोडेर विवादित श्रव्य सामग्री प्रकाशन–प्रसारण गरेपछि सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अदालतको अवहेलनासम्बन्धी मुद्दा अघि बढाएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ सँग जोडिएको मुद्दाको फैसला प्रभावित पार्न न्यायाधीशसहित बैठक बसेर साँठगाँठ गरिएको बताउँदै सिधाकुरा डटकमले अडिओ सार्वजनिक गरेपछि अवहेलना मुद्दा दायर भएको हो।
प्रकाशित मिति: १२:०७ बजे, बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












