Kathmandu Press

कर्णालीबासी र कांग्रेस कार्यकर्तालाई ठूलो अन्याय भएको छ : डा. डिला संग्रौला

मंगलबार अपरान्ह सल्यानमा आयोजित पत्रकार भेटघाटमा डा संग्रौलाले आफूहरुको कर्णाली यात्राले पार्टीभित्र नयाँ जीवन जरुरी रहेको पाएको उल्लेख गर्दै पार्टीभित्र अन्तरसंवाद, रुपान्तरण एवम सुद्धिकरण आवश्यक रहेको बताइन ।
कर्णालीबासी र कांग्रेस कार्यकर्तालाई ठूलो अन्याय भएको छ : डा. डिला संग्रौला

सल्यान, जेठ ३० : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कर्णाली प्रदेशले लोकतन्त्र, विकास र समृद्धिले छुन नसकेको बताएकी छिन् । हालै सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले पनि कर्णालीलाई उपेक्षा गरेको दावी गरिन । 

मंगलबार अपरान्ह सल्यानमा आयोजित पत्रकार भेटघाटमा डा संग्रौलाले आफूहरुको कर्णाली यात्राले पार्टीभित्र नयाँ जीवन जरुरी रहेको पाएको उल्लेख गर्दै पार्टीभित्र अन्तरसंवाद, रुपान्तरण एवम सुद्धिकरण आवश्यक रहेको बताइन । ‘हामी कर्णाली यात्रामा हिड्दा यहाँका बासिन्दाले लोकतन्त्र र समृद्धिको अनुभुत गर्न नपाएको, कार्यकर्ताहरु अन्यायमा परेको पाएका छौं,’ उनले भनिन ।

Hardik ivf

कर्णाली यात्राका क्रममा कांग्रेस पार्टीप्रति जनताले ठूलो अपेक्षा गरेको उनले बताइन । तर धेरै जनताको अपेक्षा सरकार र पार्टीले पूरा गर्न नसकेको उनको भनाइ थियो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र आएको १७ बर्ष वित्यो तर कर्णालील लोकतन्त्रको अनुभूति गर्न पाएन । विकास र समृद्धिले कर्णालीलाई जोड्न सकेन, सरकार फेरियो कर्णालीका जनताको अनुहार फेरिएन, समस्या फेरिएन र गरिवीको रेखामुनी रहेका जनतालाई कांग्रेसले हेर्नुपर्ने प्रस्ताव कर्णालीबासीले राख्नुभएको छ, उनले भनिन ।

कांग्रेसले अन्य दलसँग गरेको गठबन्धनले धेरै कार्यकर्ताहरुलाई अन्याय गरेको सुनाइन । अन्यायमा परेका कार्यकर्ताहरुप्रति र पार्टीलाई पुर्नलावकोन गर्नुपर्ने बताइन । उनले संघीय र प्रदेश सरकार कर्णालीप्रति उत्तरदायी नभएको बताउँदै कांग्रेसले अब छुट्टै प्याकेज बनाएर कर्णालीको विकासमा लाग्नुपर्ने औल्याइन ।

कार्यक्रममा पूर्वमन्त्री एनपी साउद, कांग्रेस केन्द्रीय सदस्य अब्दुल सतार, गोविन्द बहादुर शाह, कांग्रेस नेता राजिव विक्रम शाहलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: ०८:०७ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्