Kathmandu Press

एमाले काठमाडौं अध्यक्षमा दीपक निरौला

निरौलाले तीन सय ७० मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरे।
एमाले काठमाडौं अध्यक्षमा दीपक निरौला

काठमाडौं, जेठ २९ : नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन्।

निरौलाले तीन सय ७० मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरे।

अधिवेशनबाट उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित भए भने महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत चयन भइन्।,

जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो। आज  ९५ पदका लागि मात्र निर्वाचन भएको हो।

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्