Kathmandu Press

एकीकृत समाजवादीको युवा संघमा चर्कियो विवाद

उनीहरुले पार्टीको समूहले विधि, विधान र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधि फैलाएको आरोप लगाइएको छ। पार्टीले गत भदौ दोस्रो साता संघ अध्यक्षबाट नरेश शाहीलाई बिदा गर्दै कृष्ण विकलाई संयोजक तोकेको थियो।
एकीकृत समाजवादीको युवा संघमा चर्कियो विवाद

काठमाडौं, जेठ २९ : एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा पार्टी निकट युवा संघ नेपालमा विवाद चर्किएको छ।

युवा संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको जिम्मेवारीबाट निष्कासन गरिएको जनाएको छ।

Hardik ivf

उनीहरुले पार्टीको समूहले विधि, विधान र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधि फैलाएको आरोप लगाइएको छ। पार्टीले गत भदौ दोस्रो साता संघ अध्यक्षबाट नरेश शाहीलाई बिदा गर्दै कृष्ण विकलाई संयोजक तोकेको थियो।

तर, पौडेल समूहले शनिबार काठमाडौंमा राष्ट्रिय भेला गरेर नेतृत्व तोकेका थिए । भेलाबाट पौडेल समूहका संयोजक नितेश पौडेल र सहसंयोजकको जिम्मेवारी फुर्वा लामाले पाएका थिए। सहसंयोजक पौडेलले समानान्तर कमिटी घोषणा गर्नु संगठनमा व्यक्तिवाद प्रकट भएको युवा संघले जनाएको छ।

Photo-(8)(2)-1718117585.jpg

पत्रकार सम्मेलनमा युवा संघ नेपालका कार्यालय सदस्य धर्म शाहीले समानान्तर कमिटी गठन गरेकोमा पौडेललाई आत्मआलोचना गर्न निर्देशन दिएको भए पनि आफैंले आफैंलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत गरेको बताए।

‘सम्मेलन गर्न आफ्नै विधि र व्यवस्था छ। कमिटी, संगठन नेतृत्व छ । सबै विषयलाई लत्याएर अवैधानिक भेलालाई रोक्न संगठन र पार्टीले गरेको निर्णयलाई समेत अवमूल्यन गरेर आफैंले आफैंलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत क्षम्य हुँदैन । यस हर्कतले हामीलाई गम्भीरतापूर्वक सोच्नुपर्ने बनाएको छ,’ उनले भने, ‘यस्ता गतिविधि निरन्तर हुन थालेपछि कार्यालय कमिटीको बैठकबाट विधानमा भएको व्यवस्थाअनुरुप सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिसकिएको छ । र, यसको जानकारी पार्टीलाई पठाइसकिएको छ।’

संयोजक विक पार्टीका नेता झलनाथ खनालनिकट हुन् भने सहसंयोजक पौडेल अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन्।

प्रकाशित मिति: २०:३८ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्