Kathmandu Press

पूर्वाग्रह साँधेर राजदूत फिर्ता बोलाइयो : डा.महत

उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको भनाई महतको छ।
पूर्वाग्रह साँधेर राजदूत फिर्ता बोलाइयो : डा.महत

काठमाडौं, जेठ २९ : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विभिन्न देशका राजदूतहरू हटाउने निर्णय पूर्वाग्रही रहेको बताएका छन्।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गदै प्रवक्ता महतले उक्त टिप्पणी गरेका हुन्। उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको भनाई महतको छ।

Hardik ivf

सरकारले आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय गरेको आरोप पनि लगाए।

‘जुनसुकै सरकार भएपनि देशको हितका लागि उहाँहरुले काम गरिरहनुभएको छ । त्यसको बाबदुत यो जसरी गरियो पूर्वाग्रहपूर्ण छ। उहाँहरु व्यवसायिक हैसियत राख्ने महत्वपूर्ण राजदूतहरु हुनुहुन्छ। सिर्फ नेपालको हित कसरी हुन्छ ? भनेर काम गरिरहनु भएको छ,’ प्रवक्ता महतले भने, ‘उहाँहरुले कुन पार्टीको सरकार भनेर काम गरिरहनुभएको छैन । ता पनि यो सरकारको के प्राथमिकता भयो भने मेरो मान्छे पठाउनु प¥यो ।’

प्रधानमन्त्रीको भारत भ्रमणअघि यस्तो निर्णय लिनु झनै गलत भएको पनि बताए।

प्रकाशित मिति: १९:४५ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्