उपसचिव भट्टराई भ्रष्टाचारी ठहर

काठमाडौं, जेठ २९ : विशेष अदालतले यातायात कार्यालय, चावबहिलका पूर्वप्रमुखसमेत रहेका उपसचिव सुन्दर भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ।
उपसचिव भट्टराईले कुल सम्पत्तिमध्ये १४ लाख ७४ हजार रूपैयाँ अकुत ठहर गरेको छ।
अदालतले उनलाई ३ महिना कैद हुने ठहर समेत गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने १ करोड १५ लाख २९ हजार रूपैयाँबराबरको सम्पत्तिको गैरकानुनी रहेको दाबी गरेको थियो ।
अदालतले भ्रष्टाचार गरी आर्जन गरेको १४ लाख ७४ हजार रूपैयाँ जफत हुने र त्यति नै जरिवानामा पनि हुने फैसला गरेको छ।
प्रकाशित मिति: १८:५५ बजे, मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार