यस्तै ताल हो भने २० पटकसम्म मन्त्री बन्ने अवस्था आउँछ : दिपक मनाङे
‘मान्छेले ६ पटक भनेर भन्छ, यस्तै ताल रह्यो भने २० पटकसम्म बन्नुपर्ने बाध्यता छ,’ प्रदेशको सत्ता राजनीतिमा खेलोफड्को भएको बताउँदै मनाङेले मंगलबार संचारकर्मीसँग भने, ‘मैले यो ६ पटकसम्म कुनै पुरस्कार पाउन मन्त्री भएको होइन, बाध्यता हो नि यार!’काठमाडौं, जेठ २९ : गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले आफू रहरले नभइ सरकार जोगाइदिन बाध्यताले पटक पटक मन्त्री हुनुपरेको बताउँदै यस्तै अवस्था रहेमा २० पटकसम्म पनि मन्त्री बन्नुपर्ने अवस्था आउनसक्ने भनाई राखेका छन्।
गण्डकी प्रदेश मन्त्री मनाङेले संचारकर्मीसँग कुरा गर्दै यस्तो भनाई राखेका हुन् ।
‘मान्छेले ६ पटक भनेर भन्छ, यस्तै ताल रह्यो भने २० पटकसम्म बन्नुपर्ने बाध्यता छ,’ प्रदेशको सत्ता राजनीतिमा खेलोफड्को भएको बताउँदै मनाङेले मंगलबार संचारकर्मीसँग भने, ‘मैले यो ६ पटकसम्म कुनै पुरस्कार पाउन मन्त्री भएको होइन, बाध्यता हो नि यार!’
प्रदेश मन्त्री मनाङेले कांग्रेस सरकारमा पहिलोपटक आउँदा आफुलाई लामो समयसम्म जान्छ जस्तो लागे पनि सपोर्टर पार्टीहरू नआइदिएपछि समस्या उत्पन्न भएको बताए।
उनले भने, ‘उनीहरु नआइदिएपछि म एक्लैले के गर्ने ? मेरो काम भनेको त सरकार जोगाइदिने मात्रै त हो । किनभने म पार्टी होइन।’
मध्यावधि चुनावमा जानबाट रोक्न र तीन चार बर्ष वर्ष राम्रो काम गरेर आफ्नो जिल्ला बनाउन कांग्रेसलाई विश्वासको मत दिएको पनि उनले सुनाए।
मनाङेले भने, ‘अस्ति एमालेको सरकार थियो, आज कांग्रेसको छ । यसरी फस्ने त हामी हो नि। एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउने, कांग्रेसलाई सपोर्ट गर्दा एमाले रिसाउने रहेछ । उनीहरू फुटेको हो नि, हामी होइन त।’