Kathmandu Press

‘ह्रस्व दीर्घ’मा यस्तो देखिइन् नीता

फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, ब्रह्मानन्दम, अली, प्रदीप रावत र कबीरदुहान सिंहको मुख्य भूमिका छ।
‘ह्रस्व दीर्घ’मा यस्तो देखिइन् नीता

काठमाडौं, जेठ २९ : नायिका नीता ढुंगानाको मुख्य भुमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ।

लुक्समा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ भने दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आआफ्नो चरित्रमा देखाइएको छ।

Hardik ivf

असोज ३ गतेबाट रिलिज हुने फिल्ममा चन्द्र पन्तको निर्देशन छ। फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, ब्रह्मानन्दम, अली, प्रदीप रावत र कबीरदुहान सिंहको मुख्य भूमिका छ।

हरिहर अधिकारीको कथा लेखन रहेको फिल्ममा भारतीय छायांकार कवीरलालको छायाकन छ। उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचेका छन्।

फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो। फिल्ममा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी रहेको छ।

प्रकाशित मिति: १७:४३ बजे, मंगलबार, जेठ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्