Kathmandu Press

कर्णालीप्रति सरकार गैरजिम्मेवार बन्यो : सांसद शाह

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोलदै सांसद शाहले गत २०८० कात्तिक १७ गते गएको भूकम्पपछि कर्णालीमा सरकारको उपस्थिति नरहेको बताएकी हुन्।
कर्णालीप्रति सरकार गैरजिम्मेवार बन्यो : सांसद शाह

काठमाडौं, जेठ २९ : सांसद मदन कुमारी शाह (गरिमा)ले कर्णाली बासीप्रति सरकार गैरजिम्मेवार भएको आरोप लगाएकी छिन्।

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोलदै सांसद शाहले गत २०८० कात्तिक १७ गते गएको भूकम्पपछि कर्णालीमा सरकारको उपस्थिति नरहेको बताएकी हुन्।

Hardik ivf

कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोटमा अझै पनि खानेपानी, बिजुलीको व्यवस्था समेत नरहेको साहको भनाइ छ। उनले सरकारमा बसेर मुलुक सञ्चालन गरिरहेका छौं भन्न पनि अप्ठेरो लाग्ने बताइन्।

‘कर्णाली पुग्ने कोही नेपाली त्यस्तो नहोला, जसको मन नरोला। त्यहाँ बिजुली छैन, त्यहाँ खानेपानी छैन। विद्यार्थीहरु टिनको छाप्रोमा पढ्न बाध्य छन्। र कतिपय विद्यालयका छाना उडाएको अवस्था छ, स्कुल, सरकारी कार्यालय र सुरक्षा निकायहरुको भवनको अवस्था जिर्ण छ,’ उनले भनिन्।

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, जेठ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्