Kathmandu Press

राष्ट्रियसभाबाट सुरक्षित कारोबार विधेयक पारित

त्यसअघि प्रस्तुत विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उजले यस विषयमा समितिमा पर्याप्त छलफल भएको बताए।
राष्ट्रियसभाबाट सुरक्षित कारोबार विधेयक पारित

काठमाडौं, जेठ २९ : राष्ट्रियसभाबाट ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रस्तुत गरेका थिए।

Hardik ivf

त्यसअघि प्रस्तुत विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उजले यस विषयमा समितिमा पर्याप्त छलफल भएको बताए।    

‘यो विधेयकमा जनताको दैनिक काराबोर खासगरी धितोसम्बन्धी व्यवस्था छ। उत्पादनमूलक व्यवसाय माछापोखरी, फलफूल बगान, पशु फार्म आदिमा धितोको व्यवस्था हुनेछ । यो संशोधनपछि थप व्यावहारिक र समयसापेक्ष हुन्छ,’ उनले भने।

विधेयकमाथिको छलफलमा सांसदद्वय देवेन्द्र दाहाल र कमला पन्तले भाग लिइ आफ्ना धारणा व्यक्त गरेका थिए।

यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानवअधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेस गरेकी छिन्।

राष्ट्रियसभाको अर्को बैठक आगामी असार ४ मंगलबार १ः१५ बजे बस्ने छ।

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, जेठ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्