Kathmandu Press

बागमती नगरपालिकाका मेयर र उपमेयरमाथि ३० करोडको भ्रष्टाचार मुद्दा

थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माणमा ३० करोड २९ लाख रुपैयाँ भरतकुमार थापाविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बागमती नगरपालिकाका मेयर र उपमेयरमाथि ३० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २९ : सर्लाहीको भरत ताल निर्माणमा भ्रष्टाचार भएको दाबीसहित सजायको माग राखेर थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माणमा ३० करोड २९ लाख रुपैयाँ भरतकुमार थापाविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Hardik ivf

सर्लाहीको भरत ताल निर्माणमा भ्रष्टाचार भएको दाबीसहित सजायको माग राखेर थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माणमा ३० करोड २९ लाख रुपैयाँ बिगो दाबी गरेको छ।

थापाविरुद्ध यसअघि पनि गत २८ चैतमा ५ करोड ३३ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति आर्जन आरोपमा मुद्दा दायर भएको थियो।

भरत ताल निर्माण भ्रष्टाचार प्रकरणमा बागमती नगरपालिकाकी उपमेयर लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा चलाइएको छ।  अख्तियारले मोक्तानलाई पनि मेयर थापालाई जति नै ३० करोड २९ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

मेयर थापा, उपमेयर मोक्तानसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

अख्तियारले भ्रष्टाचार प्रकरणमा जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मात्रै मागदाबी गरेको छ।

प्रकाशित मिति: १६:५० बजे, मंगलबार, जेठ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्