Kathmandu Press

अमेरिकालगायत मुलुकमा पठाइदिने भन्दै १५ करोड ठगी, चार पक्राउ

आरोपित ति व्यक्तिले तीन सयजना भन्दा बढी व्यक्ति मानिसहरुसँग अमेरिका कम्बोडिया, न्यजिल्यान्ड, फ्रान्सलगायतका देशमा पठाइदिने भन्दै १५ करोड रुपैयाँ असुलेका छन्।
अमेरिकालगायत मुलुकमा पठाइदिने भन्दै १५ करोड ठगी, चार पक्राउ

काठमाडौं, जेठ २९ : अमेरिकालगायत रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने सपना बाँडेर करिब १५ करोड ठगी गर्ने गिरोहमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

ठगीमा संलग्न भनिएका व्यक्तिलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। आरोपित ति व्यक्तिले तीन सयजना भन्दा बढी व्यक्ति मानिसहरुसँग अमेरिका कम्बोडिया, न्यजिल्यान्ड, फ्रान्सलगायतका देशमा पठाइदिने भन्दै १५ करोड रुपैयाँ असुलेका छन्।

Hardik ivf

पीडितबाट ५ देखि १० लाखका दरले १५ करोडभन्दा बढी ठगी गरेको प्रहरी अनुसनधानमा देखिएको छ। पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नविन बिक र पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त छन्।

ठगीका बिषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । अमेरिका पठाउने भन्दै ठगी गर्ने सोलुखुम्बुका ४६ वर्षीय नारायणकुमार खड्कालाई पनि पक्राउ गरिएको जानकारी दिइएको छ।

प्रहरीले जनाए अनुसार फेसबुक म्यासेन्जर, हृवाट्स एपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेका थिए।

ठगीमा संलग्न व्यक्तिले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गर्न लगाएर चेकमार्फत निकाल्न लगाउने गरेका थिए। ठगीमा परेका नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि अनुसन्धानको क्रममा उनीहरु पक्राउ परेका हुन्।

 

प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्