जसपा महाधिवेशनको बन्द सत्रमा समूहगत छलफल सुरु
जसपा अध्यक्ष उपेन्द्र यादवले बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रश्चुत गरेका छन्। छलफलका लागि प्रतिनिधिहरूलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको छ।जनकपुरधाम, जेठ २९ : जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन अन्तर्गत बन्द सत्रमा समूहगत छलफल सुरु भएको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रश्चुत गरेका छन्। छलफलका लागि प्रतिनिधिहरूलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको छ।
महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइने जनाइएको छ । अध्यक्षमण्डलमा उपेन्द्र यादव, रकम चेम्जोङ, लालबाबु राउत, मृगेन्द्रकुमार सिंह र लीला सिटौला रहेका छन्।
जनकपुरस्थित तिरहुतियागाछीमा जारी बन्द सत्रमा करिब १३ सय प्रतिनिधि सहभागी छन्।
प्रकाशित मिति: १५:५८ बजे, मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ’शनिबार, मंसिर २९, २०८१
निशमले हाने बलमै १८ अर्धशतक, बनाए कीर्तिमानशनिबार, मंसिर २९, २०८१
तस्बिरमा हेर्नुस महानगर दिवसशनिबार, मंसिर २९, २०८१
‘संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ’शनिबार, मंसिर २९, २०८१