Kathmandu Press

क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा

प्राधिकरणले उनलाई जेठ १२ गतेबाट निलम्बनमा राखेको थियो। उनीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको आरोप थियो।
क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा

कठमाडौं, जेठ २९ : नेपाल वायुसेवा निगमकी क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार उनको निलम्बन फुकुवा गरेको हो।

प्राधिकरणले उनलाई जेठ १२ गतेबाट निलम्बनमा राखेको थियो। उनीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको आरोप थियो।

Hardik ivf

विमानस्थलको संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएको भन्दै पन्तविरुद्ध प्राधिकरणमा उजुरी परेको थियो। तर, उनले स्वीकृति लिएरै अन्तर्वार्ता दिएको पुष्टी भएपछि निलम्बन फुकुवा गरिएको हो।

पन्त नेवानिको न्यारो बडी जहाज ‘ए३२०–२००’ उडाउथिन्।

यता, पन्तसँगै निलम्बनमा परेका विजय लामाले निलम्बन भने यथावत छ।

प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्