कोशी प्रदेश योजना आयोगका सदस्यले गरे शपथग्रहण
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यलाई शपथग्रहण गराएएको हो।मोरङ, जेठ २९ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नवनियुक्त सदस्यलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराए।
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यलाई शपथग्रहण गराएएको हो।
प्रदेश मन्त्रिपरिषद्को हिजोको बैठकले काठमाडौं महानगरपालिका–९ का डा सीताराम बस्नेत, सोलुखुम्बु जिल्ला मुक्ली गाउँपालिका–६ का किशोरकुमार राई र मोरङ जिल्ला केराबारी गाउँपालिका–२ की नमिता न्यौपानेलाई सदस्यमा नियुक्त गरेको थियो।
समारोहमा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, प्रदेश योजना आयोगका उपाध्यक्षलगायतको उपस्थिति थियो।
प्रकाशित मिति: १५:०१ बजे, मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजाले भोगेको विनाश लेबनानमा दोहोरिनसक्ने राष्ट्रसंघको चेतावनीमंगलबार, असोज २२, २०८१
पाँच दिनपछि सञ्चालनमा आयो अवरूद्ध राजमार्गमंगलबार, असोज २२, २०८१
अब रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै नेतृत्वको मातहतमंगलबार, असोज २२, २०८१
नागढुङ्गा–मुग्लिन सडकमा जोखिम छ तर आत्तिनु पर्दैन!मंगलबार, असोज २२, २०८१