Kathmandu Press

‘देशभित्र र विदेशबाट फर्केका अनुभवी मिलेर रोजगारी सिर्जना गर्न सकिने सकिन्छ’

‘स्वदेशमै रहेका मानिस र विदेशबाट काम गरेर फर्केका यी दुई प्रकारका मानिसलाई जोडेर समन्वयमा काम गर्ने हो भने आज रहेको बेरोजगारीको समस्यालाई ५० प्रतिशतभन्दा माथि हल गर्न सक्ने हुन्छाै,’ उनले भने।
‘देशभित्र र विदेशबाट फर्केका अनुभवी मिलेर रोजगारी सिर्जना गर्न सकिने सकिन्छ’

काठमाडौं, जेठ २९ : बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विदेशबाट फर्किएका मानिसको सीप र ज्ञान प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

आज ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला उद्घाटन समारोहमा उनले स्वदेशमै रहेका र विदेशबाट फर्केका मानिसबीच समन्वयमा काम गर्ने हो भने बेरोजगारी कम गर्न सकिने भन्दै यस्तो वातावरण बनाउन आवश्यक रहेको बताए।

Hardik ivf

‘स्वदेशमै रहेका मानिस र विदेशबाट काम गरेर फर्केका यी दुई प्रकारका मानिसलाई जोडेर समन्वयमा काम गर्ने हो भने आज रहेको बेरोजगारीको समस्यालाई ५० प्रतिशतभन्दा माथि हल गर्न सक्ने हुन्छाै,’ उनले भने।

सकारात्मकभन्दा नकारात्मक कामको बढि प्रचार हुने गरेको गुनासो गर्दै युवाहरुलाई नेपालमै रोक्नको लागि यस्तो प्रकारको श्रममेलालाई सकेसम्म बढि प्रचार गर्नुपर्ने मन्त्री लम्सालले बताए।

नेपालभित्र नै रोजगारी उत्पादनको धेरै सम्भावना रहेको भन्दै त्यसको लागि हामीले योग्य जनशक्ति निर्माण गर्नुपर्ने उनको भनाई छ।

‘रोजगारदाता र रोजगारी लिने मानिसलाई भेटाइदिने काम यो मेलाले गरेको छ । नेपालमा बेराजगारी बढेको हुनाले युवाहरु विदेश प्रक्रिया बढ्दै गएको अवस्थामा देशमा सम्भावनाहरु छ भन्नको लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ । यहाँ धेरै रोजगारी उत्पादन गर्न सकिन्छ । समस्या सोचमा छ,’ लम्सालले भने, ‘हाम्रो देश कृषि प्रधान देश हो । ती किसानहरुबाट पनि रोजगारी सिर्जना गर्न सकिन्छ । हामीले त्यसको लागि सोच परिवर्तन गर्नुपर्छ र त्यही हिसाबको योग्य मानिस निर्माण गर्नुपर्छ।’

मेलाको उपलब्धी आजको भोलि नै नदेखिन सक्छ । तर यसले दिर्घकालीन रुपमा सकरात्मक परिणाम देखाउने उनले बताए। त्यसैले आगामी दिनमा यो मेलालाई अभियानको रुपमा नै लैजानुपर्ने उनले बताए।

त्यस्तै, मेलाले मुलुक भित्र केही हुन सक्दैन भनेर विदेशिनेको मनोविज्ञानलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्