Kathmandu Press

श्रमाधान मेलामा शिक्षामन्त्री, सहकार्य गर्न इच्छुक

मेलाले रोजगारीको अवसर मात्रै होइन करिअर काउन्सिलको काम पनि गर्ने बताइन्। मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी पनि दिनेछ।
श्रमाधान मेलामा शिक्षामन्त्री, सहकार्य गर्न इच्छुक

काठमाडौं, जेठ २९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’आज(मंगलबार)देखि वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा शुरु भएको छ।

मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला सुरुवात मात्रै भएको बताइन्।

मेलाले रोजगारीको अवसर मात्रै होइन करिअर काउन्सिलको काम पनि गर्ने बताइन्। मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी पनि दिनेछ।

Hardik ivf

‘यस्तो खालको मेला अति नै आवश्यक छ। हाम्रो मन्त्रालयले पनि करिअर काउन्सिलबाट सुरु गर्दैछौ,’ उनले भनिन्।

कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने बिषयमा पनि छलफल गरिने उनले बताइन्।

त्यस्तै, शिक्षामन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरु सञ्चालन गर्न सकिने बताइन्।

‘अन्तर मन्त्रालयको समन्वयमा हामी मुलुकभित्रै रोजगारी सृजना तथा स्वरोजगार बन्न युवाहरुलाई प्रेरित गर्ने सक्छौ,’ उनले भनिन्, ‘सहकार्य लागि पनि हामीले छलफल चलाईरहेका छौ।’

जेठ १७ गतेदेखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला बाग्मती प्रदेशको ललितपुरमा आजदेखि शुरु भएको हो। मेला भोलिसम्म सञ्चालन हुनेछ।

मेलाको संयोजन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ गर्नेछन्।

मेला बुधबारसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा नीजि तथा सरकारी क्षेत्रका स्टल रहेका छन्।

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्