Kathmandu Press

विश्वविद्यालय शिक्षा निःशुल्क गर्न सांसद सुवालको प्रस्ताव

त्यस्तै सांसद सुवालले विश्वविद्यालयमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई उचित सुविधा दिइ विद्यालय र कलेजको शिक्षणमा नियुक्ति गराई नयाँ पुस्ता निर्माण गर्नुपर्ने बताएका छन
विश्वविद्यालय शिक्षा निःशुल्क गर्न सांसद सुवालको प्रस्ताव

`नेमकिपाका सांसद प्रेम सुवालले खेलकुद क्षेत्रमा भएका उपाधीहरुलाई शिक्षा क्षेत्रसँग जोड्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत बजेट कटौतीको प्रस्ताव पेस गर्दै उनले भक्तपुरको सिद्धपोखरीको खेल मैदानमा यथावत रुपमा खेल्न पाउनुपर्ने बताए।

‘युवालाई धुम्रपान र सुर्तिजन्य पदार्थ सेवनबाट टाढा राख्न,  भक्तपुरको महेश्वरी खेलमैदानमा भवन निर्माण गर्न, भक्तपुरका जनताले पहिलेदेखि प्रयोग गर्दै आएको सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान यथावत राख्न, खेलकुदको उपाधीलाई शैक्षिक क्षेत्रसँग मिलान गर्न प्रस्ताव पेस गर्दछु,’ उनले भने।

त्यस्तै सांसद सुवालले विश्वविद्यालयमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई उचित सुविधा दिइ विद्यालय र कलेजको शिक्षणमा नियुक्ति गराई नयाँ पुस्ता निर्माण गर्नुपर्ने बताएका छन

‘विद्यालयको पूर्वाधारका लागि प्राप्त सरकारी जग्गा भाडामा लगाएर कमीसन खाने शिक्षकहरुलाई कारवाही गर्न, विद्यालय शिक्षा अनिवार्य एवम निःशुल्क गर्न साथै विश्वविद्यालय शिक्षा निःशुल्क गर्न प्रस्ताव पेस गर्दछु,’ उनले भने।

प्रकाशित मिति: १३:४१ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्