Kathmandu Press

फुटेर होइन जुटेर फुटबलको विकासमा लाग्न एन्फा अध्यक्षको आग्रह

श्रेष्ठले नेपाली फुटबललाई व्यावसायिकतातर्फ डोहोरÞ्याउनको लागि अग्रणी भूमिका निर्वाह गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बताए।
फुटेर होइन जुटेर फुटबलको विकासमा लाग्न एन्फा अध्यक्षको आग्रह

काठमाडाैं, जेठ २९ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मरणमा स्मृति सभा आयोजना गरेका छन्।

मंगलबार फुटबल खेलको विकास र विस्तारमा समर्पित श्रेष्ठको सम्झनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्मृति सभा आयोजना गरेको हो।

श्रेष्ठले नेपाली फुटबललाई व्यावसायिकतातर्फ डोहोरÞ्याउनको लागि अग्रणी भूमिका निर्वाह गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बताए।  

‘ललित दाइको जति पनि मैंले संगत गरे उहाँको खराब पक्ष भनेको एउटा मात्र देखें–उहाँ सबैको पक्षमा बोल्नुहुन्थ्यो। एकतामा नै विकास हुन्छ भन्ने हिसाबले उहाँले काम गर्नुहुन्थ्यो,’ उनले भने।

यसको साथै, उनले एन्फाका नेतृत्वहरु र सरोकारवालाहरु सबैलाई नेपाली फुटबलको विकास गर्ने हो भने फुटेर होइन जुटेर अगाडि बढेमात्र ललितकृष्णप्रतिको श्रद्धा हुने बताए।  

‘एन्फा हाँकिसक्नु भएका नेतृत्वहरुलाई के अनुरोध गर्न चाहन्छु भने तपाईंहरु साच्चै नेपाली फुटबलको विकास चाहनुहुन्छ भने फुटबलको विकासका लागि सुझाव लिएर आउन अनुरोध गर्दछु,’ उनले भने, ‘हामी स्वीकार गर्न तयार छौं। सरोकारवालालाई पनि अनुरोध गर्छु नेपाली फुटबलको विकास गर्ने हो भने फुटेर होइन जुटेर अगाडि बढ्नुपछ । यो नै ललित दाइप्रतिको श्रद्धा हुनेछ।’

प्रकाशित मिति: १३:३५ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्