Kathmandu Press

मन्त्री अनुपस्थित भएपछि खेलकदु मन्त्रालयकाे बजेटमाथिकाे छलफल कार्यसूचीबाट हटाइयो

खतिवडाको मागपछि सभामुख घिमिरेले युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित छलफलको कार्यसूची हटाइएको जानकारी गराए।
मन्त्री अनुपस्थित भएपछि खेलकदु मन्त्रालयकाे बजेटमाथिकाे छलफल कार्यसूचीबाट हटाइयो

काठमाडौं, जेठ २९ : प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि भएको छलफलमा युवा तथा खेलकुद मन्त्री अनुपश्थित भएपछि कार्यसूचीबाट हटाइएको छ।

प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसम्बद्ध बजेटमाथि छलफल हुने कार्यसूची थियो।

Hardik ivf

बैठकमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ उपस्थित नभएपछि कांग्रेस सांसद रामहरी खतिवडाले आपत्ति जनाए।

सामंसद खतिवडाले भनेका थिए, ‘सम्बन्धित मन्त्रीको उपस्थित हुने व्यवस्था गरिएकोमा खेलकुदमन्त्री उपस्थित भएको देखिएन, त्यसकारण बैठक स्थगित गरेर बैठक सञ्चालन गरियोस्।’

खतिवडाले जुन विषयमा छलफल गर्न थालिएको हो सोही विषयको मन्त्रीबिना बैठक चल्न नसक्ने भन्दै बैठक स्थगित गर्न सभामुखको ध्यानाकर्षण गरेका थिए।

खतिवडाको मागपछि सभामुख घिमिरेले युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित छलफलको कार्यसूची हटाइएको जानकारी गराए।

प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्