Kathmandu Press

न्यायाधीश गिरीलाई ७ वर्ष कैद, तीन लाख जरिवाना

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले सोमबार उक्त फैसला सुनाएको हो। निलम्वित न्यायाधीश गिरीलाई तोकिएको ३ लाख रुपैयाँ जरिवाना क्षतिपूर्ति बापत पीडितलाई भराउने फैसला भएको छ।
न्यायाधीश गिरीलाई ७ वर्ष कैद, तीन लाख जरिवाना

काठमाडौं, जेठ २९ : पूर्व पत्नीलाई बलात्कार गरेको कसुरमा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय ठहर भएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले सोमबार उक्त फैसला सुनाएको हो। निलम्वित न्यायाधीश गिरीलाई तोकिएको ३ लाख रुपैयाँ जरिवाना क्षतिपूर्ति बापत पीडितलाई भराउने फैसला भएको छ।

Hardik ivf

सम्बन्ध विच्छेद भइसकेपछि पनि गिरीले पूर्व पत्नीको सहमतिबिना जबर्जस्ती करणी गरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो।

गत जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरे पनि सोमबार सजाय निर्धारण गरिएको थियो।

प्रकाशित मिति: १३:१३ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्