Kathmandu Press

गण्डकी मन्त्रिपरिषद् विस्तार, फणिन्द्र र मनाङे मन्त्री बने

उनले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाएका छन्।
गण्डकी मन्त्रिपरिषद् विस्तार, फणिन्द्र र मनाङे मन्त्री बने

कास्की, जेठ २९ : मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी मन्त्रिपरिषद् विस्तार गरेका छन्। सरकारले विश्वासको मत पाएको भोलिपल्टै मुख्यमन्त्री पाण्डेले २ मन्त्री थप्दै सरकार विस्तार गरेका हुन्।

उनले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाएका छन्।

देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

दुवै मन्त्रीले पद तथा गोपनियताको शपथ पनि लिइसकेका छन्।

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्