Kathmandu Press

पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक

योजना आयोगले वृहत् गृहकार्य गरेर राष्ट्रिय तथा स्थानीय स्तरमा भएको छलफल गरी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समेत समावेश गरेको पाइएको छ।
पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक

काठमाडौं, जेठ २९ : राष्ट्रिय योजना आयोगले तयार गरेर मन्त्रिपरिषद्ले पारित गरेको १६ औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैंगिक तथा यौनिक अल्पसंख्यक लक्षित कार्यक्रम तथा योजनाहरू समावेश गरिएको पाइएको छ।

योजना आयोगले वृहत् गृहकार्य गरेर राष्ट्रिय तथा स्थानीय स्तरमा भएको छलफल गरी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समेत समावेश गरेको पाइएको छ।

पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले १६औँ पञ्चवर्षीय राष्ट्रिय योजनामा समेटिएका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका कार्यक्रमहरूले यो समुदायको सबै आवश्यकता तथा हक अधिकारहरू पुरा गर्न नसके पनि प्रभावकारी ढंगले लागू भएमा केही राहत दिने विश्वास व्यक्त गरे।

‘म आफैँलाई लैंगिक तथा यौनिक अल्पसंख्यक विज्ञको रूपमा योजना आयोगले बोलाइ १६ औँ योजनामा योगदान गर्न पाएकोमा साह्रै खुसी लागेको छ,’ पन्तले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालभर रहेका सम्पूर्ण लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय आधारित संघसंस्थाहरुले यो १६ औँ राष्ट्रिय योजनामा आ आफ्नो क्षेत्रबाट गर्नु भएको योगदानको उच्च मूल्यांकन गरेको छु।’

पञ्चवर्षीय योजनामा लेखिएका कार्यक्रमहरूलाई व्यवहारमा लागू गर्नका लागि स्रोत साधन उपलब्ध गराउन र यो समुदायलाई प्राथमिकतामा राखी योजनाहरू कार्यान्वयन गर्न पन्तले सरकार, दातृ निकाय, संयुक्त राष्ट्र संघलगायत सबै साझेदारहरूसँग माग गरेका छन्।

प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्