Kathmandu Press

प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी माग

सांसद पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा भएका गतिविधि र भारतीय अधिकारीहरुसँग भएको भेट र त्यसक्रममा भएका कुराकानीबारे जानकारी संसदलाई गराउनुपर्ने माग गरेका हुन्।
प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी माग

काठमाडौं, जेठ २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन एमाले सांसद रघुजी पन्तले माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा भएका गतिविधि र भारतीय अधिकारीहरुसँग भएको भेट र त्यसक्रममा भएका कुराकानीबारे जानकारी संसदलाई गराउनुपर्ने माग गरेका हुन्।

Hardik ivf

भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका प्रधानमन्त्री दाहाल सोमबार नेपाल फर्किएका छन्।

प्रधानमन्त्रीले पत्रकारहरुसँग गरेको विषय समाचारमा पढेको उल्लेख गर्दै एमाले सांसद पन्तले संसदलाई नै जानकारी गराउन माग गर्दै यसका लागि  रुलिङ गर्न माग गरे।

‘भारतसँग थाँती रहेका हाम्रो समस्याहरु जस्ताको तस्तै विद्यमान छन्, सभामुखबाट रुलिङ हुनुपर्छ। प्रधानमन्त्रीले आएपछि बोल्ने पहिलो ठाउँ भनेको संसद हो,’ उनले भने, ‘उहाँका भारतीय प्रधानमन्त्रीसँग के–के विषयमा, सार्कका विषयमा, थाँती रहेका बिभन्न विषय समाधान गर्ने विषयमा के के कुरा भयो? संसदलाई सम्बोधन गरेर विस्तृत रुपमा जानकारी दिनुपर्छ ’

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्