गिरीबन्धुको फाइल कहिले खोलिन्छ, हामी सुन्न आतुर छौं : सांसद शाही
‘हामी ठूला फाइल खोलिन्छ कि भनेर संसदमा हेरेर बसिरहेका छौं, गिरीबन्धु टि–स्टेटको फाइल कहिले खोलिन्छ? यो संसदमा हामी सुन्न आतुर छौं,’ मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उनले गृहमन्त्रीलाई प्रश्न गरे।
काठमाडौं, जेठ २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ठूला भ्रष्टाचार काण्डका फाइल कहिले खुल्छन् भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छ्न।
‘हामी ठूला फाइल खोलिन्छ कि भनेर संसदमा हेरेर बसिरहेका छौं, गिरीबन्धु टि–स्टेटको फाइल कहिले खोलिन्छ? यो संसदमा हामी सुन्न आतुर छौं,’ मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उनले गृहमन्त्रीलाई प्रश्न गरे।
साथै उनले सहकारी रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जिबी राईलाई छिटो भन्दा छिटो नियन्त्रणमा लिन आग्रह गरे। गृहमन्त्री हुनु अगाडि रवि लामिछानेले जिबी राईलाई आकासमा, पातालमा भएपनि खोजेर ल्याउँछु भनेको स्मरण गरे।
उनले भने, ‘मेलम्ची, वाइडबडी, फोरजी कहिले खुल्छ? नेपाल ठूलो हो कि जिबी राई हो?’
साथै सांसद शाहीले धेरै गृहमन्त्री फेरिए पनि निर्मला पन्तको हत्यारा कारबाहीको दायरामा आउन नसकेको भन्दै हत्यारालाई कहिले कारबाही हुन्छ भन्दै प्रश्न गरे?
कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत पुराना दलहरूले देश विकास गर्न नसकेको उनले बताए। पुरानाले सुशासन दिन र काम गर्न नसकेकाले नयाँ दलहरूलाई जनताले जिताएर पठाएको उनको भनाइ थियो।