Kathmandu Press

बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरूलाई छुट्टी नदिइने

आजदेखि असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरेपछि मात्रै प्रतिनिधिसभाको अर्को बैठकका लागि केही दिन ग्याप राख्ने गरी संसदीय क्यालेन्डर तय भएको छ।
बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरूलाई छुट्टी नदिइने

काठमाडौं, जेठ २९ : बजेटको मन्त्रालयगत छलफल अवघिभर सांसदहरुलाई छुट्टी नदिइने भएको छ।

आजदेखि असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरेपछि मात्रै प्रतिनिधिसभाको अर्को बैठकका लागि केही दिन ग्याप राख्ने गरी संसदीय क्यालेन्डर तय भएको छ।

Hardik ivf

क्यालेन्डर अनुसार असार ७ गते बजेट पारित भएपछि पाँच दिन सांसदहरुलाई छुट्टी दिइनेछ। ७ गतेपछि एकैपटक ११ गते बैठक बस्नेछ।

मंगलबार प्रतिनिधिसभामा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन्।

प्रकाशित मिति: ११:५७ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्