Kathmandu Press

तेमालका विद्यार्थीलाई रेडक्रसका स्वयंसेवकले दिए व्यक्तिगत सरसफाई र स्वच्छताबारे कक्षा

प्रारम्भ नामक सामाजिक संस्थामार्फत नेपाल आएका उनीहरुले सो विद्यालयमा अध्यनरत सम्पूर्ण विद्यार्थीलाई धात धुने तरिका, व्यक्तिगत सरसफाई र स्वास्थ्यको ख्याल कसरी गर्ने सिकाएका थिए।
तेमालका विद्यार्थीलाई रेडक्रसका स्वयंसेवकले दिए व्यक्तिगत सरसफाई र स्वच्छताबारे कक्षा

काभ्रे, जेठ २८ : स्वंयमसेवा गर्न सिंगापुर रेडक्रसमार्फत नेपाल आएका स्वंयमसेवकले तेमाल गाउँपालिका वडा  नं ७ स्थित राधाकृष्ण माध्यमिक विद्यालयमा पोषण, व्यक्तिगत सरसफाई, स्वच्छताबारे कक्षा लिएका छन्।

प्रारम्भ नामक सामाजिक संस्थामार्फत नेपाल आएका उनीहरुले सो विद्यालयमा अध्यनरत सम्पूर्ण विद्यार्थीलाई धात धुने तरिका, व्यक्तिगत सरसफाई र स्वास्थ्यको ख्याल कसरी गर्ने सिकाएका थिए।

WMXTjG_v-1718033189.jpg

Hardik ivf

टोली प्रमुख मुक्सिन विन दहलान, चेन केजिन, गेराडिन एगारो, सेवास्टिन अनिता रोज, अनिशा विन्ते, टान केन्नाथ, प्रिवेन सुरज सन्त कुमारसहित स्वंयमसेवकको टोलीले अभिभावक र शिक्षक, कर्मचारीलाई समेत पोषण, उच्च रक्तचाप, मधुमेह लगायतका दिर्घरोग र यसका जोखिमबारे अभिमुखिकरण गराएको प्रारम्भका अध्यक्ष कल्पना क्षेत्रीले जानकारी दिइन्।  

मनोरोग विशेषज्ञ डा. प्रतिभा श्रेष्ठ, नर्स मनिषा श्रेष्ठ लगायतले स्वास्थ्य परिक्षण गरेका थिए।

glnwIW1E-1718033189.jpg

संस्थाले सबै विद्यार्थीको लागि ब्रस, मञ्जन, साबुन, अभिभावकलाई सातु लगायतका पोषणा सामाग्री र विद्यालयको पुस्तकालयको लागि पुस्तकहरु सहयोग गरेको छ। सो विद्यालय र वडा कार्यालयको लागि १÷१ वटा र स्वास्थ्यचौकीको लागि २ वटा गरी ८ लाख  बराबरको फिल्टर सहयोग गरेको छ। चापाखोरी स्वास्थ्य चौकीको लागि संस्थाले रक्तचाप नाप्ने मेसिन पनि सहयोग गरेको छ।

संस्थाले बुधवार पनौती १० स्थित श्रीराम माध्यमिक विद्यालय र नगर अस्पताललाई सहयोग गर्दैछ। प्रारम्भले सिंगापुर रेडक्रससंगको सहकार्यमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

1J6N92W8-1718033190.jpg

कार्यक्रममा तेमाल वडा नं ७ का अध्यक्ष इन्द्रलाल तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संग्रामजित लामा, प्रधानाध्यापक प्रेम लामा लगायतले वडा र विद्यालयको लागि गरेको सहयोग प्रति आभार प्रकट गरे।

kBPMCcDM-1718035331.jpeg

z9-C0oov-1718033189.jpg

प्रकाशित मिति: २१:१२ बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्