Kathmandu Press

‘राजदूतलाई फिर्ता बोलाउँदा ध्यान पुर्‍याउन सकेनौं’

उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको स्वीकार गरे। उनले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको बताए।
‘राजदूतलाई फिर्ता बोलाउँदा ध्यान पुर्‍याउन सकेनौं’

काठमाडौं, जेठ २८ : रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्‍याउन नसकेको बताएका छन्।

सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको स्वीकार गरे। उनले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको बताए।

Hardik ivf

‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो। र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो। मैले धन्यवाद पनि भनेर आएको छु,’ उनले भने, ‘यो त्यही बेला पर्नु संयोग हो। त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो।’

प्रधानमन्त्री दाहालले सार्कलाई सक्रिय पार्ने कुरादेखि सीमासँग सम्बन्धित मुद्दा र व्यापार पारवाहनसँग सम्बन्धित मुद्दालाई सक्रिय बनाइ संवादबाट समाधान गर्न आग्रह गरेको बताए।

प्रकाशित मिति: २०:३४ बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्