Kathmandu Press

स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

६ सदस्यीय टोलीसहित आइतबार दिउँसो भारत गएका प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गरे।
स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर सोमबार साँझ स्वदेश फर्किएका छन्।

६ सदस्यीय टोलीसहित आइतबार दिउँसो भारत गएका प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे।

Hardik ivf

Photo-(3)(2)-1718030349.jpeg

भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए भने तेस्रो कार्यकालका लागि नियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए।

उनले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचका आपसी हित र चासोका विषयमा छलफल गरेका थिए।

 

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आइतबार मोदीको सपथ ग्रहणसँगै राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुद्वारा राष्ट्रपति भवनमा आयोजित रात्रीभोजमा पनि प्रधानमन्त्री दाहाल सहभागी भएका थिए।

प्रकाशित मिति: १९:४५ बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्