Kathmandu Press

नवराजपुर गाउँपालिका तत्कालीन अध्यक्ष यादवसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा

नवराजपुर गाउँपालिका तत्कालीन अध्यक्ष यादवसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २८ : सिरहाको नवराजपुर गाउँपालिका तत्कालीन अध्यक्ष विश्व मोहन प्रसाद यादवसहित १२ जनाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर भएको छ

नवराजपुर गाउँपालिका वडा नं.२ मझौरामा प्रदेश नं.२ सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालयका लागि दिएको रकमको योजना अनुसार कुनै पनि कार्य नगरी सम्पूर्ण रकम हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

अख्तियारले १४ लाख ५१ हजार ५५१ रुपैयाँ गाउँपालिकालाई हानिनोक्सानी पु¥याएको दाबी गरेको छ।

Hardik ivf

विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा नवराजपुर गाउँपालिकाका तत्कालीन यादव, उपाध्यक्ष शोभा कुमारी यादव भन्ने शोभा कुमारी, तत्कालीन योजना शाखा प्रमुख रमेश कुमार निधि, तत्कालीन जिन्सी प्रमुख संजय प्रसाद यादव, वडा नं. ४ का वडाअध्यक्ष मदन यादव र वडा नं. ५ का तत्कालीन वडाअध्यक्ष मनोज कुमार यादव, वडा नं. २ का तत्कालीन वडाअध्यक्ष खुशिलाल साहलगायतलाई सजाय माग गरिएको छ।

अख्तियारका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोम प्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सवइन्जिनियर सन्तोष कुमार यादव तथा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहलाई पनि भ्रष्टाचारमा प्रतिबादी कायम गरिएको छ।

विद्यालय भवनको काम नै नगरी भएको भन्दै नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाएको, झुट्टा मूल्याङ्कन गरी भुक्तानीको लागि स्वीकृत गराएको, फिल्डमा नभए नगरेको कार्यलाई भएको देखाइएको जस्ता आरोप अख्तियारले लगाएको छ।

प्रकाशित मिति: १८:४० बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्