Kathmandu Press

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

राप्रपा, नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) ले मुख्यमन्त्रीमा पाण्डेको पक्षमा मतदान गरेका छन्।
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा, जेठ २८ : गण्डकी प्रदेशमा मुख्यमनत्रीका लागि सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।

राप्रपा, नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) ले मुख्यमन्त्रीमा पाण्डेको पक्षमा मतदान गरेका छन्।

Hardik ivf

माओवादीको चुनाव चिन्हबाट प्रदेश सांसद बनेका देवकोटाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरे।  

मुख्यमन्त्री पाण्डेले संसदमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा कांग्रेसका २७, राप्रपाका २, गरी ३१ सांसदले पक्षमा मतदान गरका छन् । ६० सदस्यीय संसदमा बहुमत सांसदले मतदान गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन्।

एमालेका २२ र माओवादीका ६ सांसद गरी २८ जनाले विपक्षमा मतदान गरेका छन्। मुख्यमन्न्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा जेठ १६ मा नियुक्त भएका थिए।

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्