Kathmandu Press

नेसपाका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई दिए विश्वासको मत, एमालेको नाराबाजी

देवकोटाले फ्लोर क्रस गर्दै विश्वासको मत दिएका हुन्। उनले माओवादीको चुनाव चिह्नबाट गोरखाबाट निर्वाचन जितेका थिए।
नेसपाका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई दिए विश्वासको मत, एमालेको नाराबाजी

काठमाडौं, जेठ, २८ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले विश्वासको मत दिएका छन्।

देवकोटाले फ्लोर क्रस गर्दै विश्वासको मत दिएका हुन्। उनले माओवादीको चुनाव चिह्नबाट गोरखाबाट निर्वाचन जितेका थिए।

देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरेका छन्। अहिले मतदान चलिरहेको छ।

पाण्डेलाई राप्रपा र देवकोटाले मत दिएपछि अब बहुमतका लागि ३१ पुर्याउन एक मतको आवस्यकता पर्दछ।

प्रकाशित मिति: १६:५० बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्