स्वास्थ्य कर्मचारी जुनसुकै बेला कारवाहीमा पर्नसक्ने मन्त्रीको चेतावनी
‘सबैको साथ सहयोग प्राप्त भयो भने स्वास्थ्य मन्त्रालयमा यसपाली पक्कै पनि सुधार हुन्छ। अठोटको साथ काम गरिरहेको छु,’ उनले भने, ‘हरेक एक एक कुरामा ध्यान दिइरहेको छु। अब दिउँसो होइन मात्र होइना राति पनि अनुगमनका लागि अस्पताल पुग्छु।’
काठमाडौं, जेठ २८ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारवाही अघि बढाउने चेतावनी दिएका छन्।
सोमबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले सरकारी अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने र दोष मन्त्रीमाथि दिने गरेको भन्दै सबैलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन्।
‘तपाइँहरुको साथ सहयोग भयो भने केही दिनभित्रमा धेरैजना सस्पेन्ड हुन्छन् । धेरै जना कारवाहीमा पर्छन् । धेरैजनाको मुद्दा म आफैं अख्तियारमा पठाउँछु । रंगेहात नै समातेर कारवाहीको दायरामा ल्याउँछु,’ उलने भने, ‘त्यसको लागि मैंले हरेक अस्पतालमा एउटा टिमको गठन गरिरहेको छु। त्यसले अस्पतालमा भइरहेको वेथितिलाई रोक्छ र समात्छ।’
यस्तै, उनले मन्त्रालयमा सुधार गर्ने अठोटको साथ अगाडि बढेको भन्दै त्यसको लागि रातिको समयमा पनि अनुगमनमा जाने बताए।
‘सबैको साथ सहयोग प्राप्त भयो भने स्वास्थ्य मन्त्रालयमा यसपाली पक्कै पनि सुधार हुन्छ। अठोटको साथ काम गरिरहेको छु,’ उनले भने, ‘हरेक एक एक कुरामा ध्यान दिइरहेको छु। अब दिउँसो होइन मात्र होइना राति पनि अनुगमनका लागि अस्पताल पुग्छु।’
जनताको सेवाको भाव लिएर जुन अस्पतालहरु खोलिएको थियो त्यो हिसाबलेसेवा नभएको पनि उनको भनाइ छ । उनले अस्पतालहरुमा भएको वेथितिलाई रोक्नको लागि समिति गठन गरेर काम भइरहेको भन्दै यसमा मन्त्रालय गम्भीर भएको बताए।