Kathmandu Press

८.९० अंकले बढ्यो नेप्से

सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ विन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ छ।
८.९० अंकले बढ्यो नेप्से

काठमाडौं, जेठ २८ : साताको दोस्रो दिन सेयर बजारमा सूचक बढ्नुका साथै कारोबार रकम पनि बढेको छ।

सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ विन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ छ।

यसअघि आइतबार ४.५९ अंक झिनो गिरावटमा नेप्से २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर कारोबार भएको थियो। कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ थियो।

Hardik ivf

सोमबार १३ मध्ये ७ उपसूचक बढेका छन् भने ६ वटा घटेका छन् । विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, र निर्जीवन बीमा बढेका छन्।

१७६ कम्पनीको सेयरमूल्य बढ्दा सर्वाधिक जलविद्युत २ र निर्जीवन बीमा १.२८ प्रतिशतले बढेका छन्।

कुथेली बुखारी साना जलविद्युत र त्रिशूली जलविद्युत कम्पनीको सेयरमूल्य बढेर सर्किट नै लागेको छ। पिपुल्स पावर र मोलुङ हाइड्रोपावरको सेयर पनि सर्किटस्तरमा बढेको छ।

घट्नेमा वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसमूह छन्। म्युचुअल फण्ड ३.७४ र व्यापार उपसमूह २.०४ प्रतिशतले घटेको छ।

सेयरमूल्य घटेका ६१ कम्पनीमध्ये जानकी फाइनान्सका लगानीकर्ता ८.६७ प्रतिशत नोक्सानमा छन्। ९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रचर सोमबार पनि पहिलो नम्बरमा छ। उक्त कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै माउन्टेन इनर्जीको २४ करोड ४७ लाख, जानकी फाइनान्सको १६ करोड ७७ लाख, सीइडीबी हाइड्रोपावरको १३ करोड ५१ लाख, युनाइटेड इदीमर्दीको १२ करोड ४४ लाखको सेयर किनबेच भएको छ।

१४७ कम्पनीको सेयरमूल्य घट्दा बढी नोक्सानमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ।

पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माईखोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरलगायतका सेयरमूल्य घटेका छन्। 

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्