Kathmandu Press

गण्डकीमा राप्रपाले मुख्यमन्त्रीमा पाण्डेलाई विश्वासको मत दिने

सोमबार गण्डकी प्रदेश सभा बैठकलाई संवोधन गर्दै राप्रपा संसदीय दलका नेता पन्चराम गुरुङले गण्डकीको सरकारमा केन्द्रको राजनीतिको छायाँ प्रदेशमा पर्न नदिने बताए।
गण्डकीमा राप्रपाले मुख्यमन्त्रीमा पाण्डेलाई विश्वासको मत दिने

काठमाडौं, जेठ २८ : गण्डकी प्रदेशमा राप्रपाले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिने भएको छ।

सोमबार गण्डकी प्रदेश सभा बैठकलाई संवोधन गर्दै राप्रपा संसदीय दलका नेता पन्चराम गुरुङले गण्डकीको सरकारमा केन्द्रको राजनीतिको छायाँ प्रदेशमा पर्न नदिने बताए। उनले अस्थिरताको अन्त्य गर्न मुख्यमन्त्रीमा पाण्डेलाई मतदान गर्ने निर्णय गरेको पनि बताए।

Hardik ivf

राप्रपाले समर्थनपछि मुख्यमन्त्रीको पक्षमा अहिलेसम्म २९ जना सांसद देखिएका छन्। मुक्यमन्त्री पाण्डेका लागि अझै २ मत आवस्यक पर्दछ।

स्वतन्त्र सांसद दीपक मनाङे र नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद फणिन्द्र देवकोटाले पनि पाण्डेलाई विश्वासको मत दिने अपेक्षा गरिएको छ।

राप्रपा संसदीय दलका नेता गुरुङले बजेट ल्याउने बेला मुख्यमन्त्री विश्वासको मत माग्नुलाई लाजमर्दो भएको बताए।

प्रकाशित मिति: १६:४१ बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्