Kathmandu Press

राष्ट्रपति पौडेले जर्मनी र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखसँग भेट्ने

राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति पौडेले जर्मनी र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखसँग भेट्ने

काठमाडौं, जेठ २८ : राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन्। पौडेल असार ५ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) उदघाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।

Hardik ivf

राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनले स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ। गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा उनी जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्।

जर्मनी र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखसँगको द्विपक्षीय भेटवार्ताले नेपालको आर्थिक विकासमा थप अभिवृद्धि गर्न अवसरको नयाँ बाटो खुल्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्