ठगीको आरोपमा सेन्चुरी बैंकमा तत्कालिन अध्यक्ष श्रेष्ठ पक्राउ
सीआईबीले ठगी मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो।
काठमाडौं, जेठ २८ : सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन्।
सीआईबीले ठगी मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो।
कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए।
उनीहरुले कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ।
प्रकाशित मिति: १५:१२ बजे, सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












