सुदुरपश्चिम सरकारमा मन्त्रीका लागि एमाले–माओवादीले बुझाए सूची
मुख्यमन्त्रीलाई एमालेले प्रदेशसभा सदस्यहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीको नाम मन्त्रीका लागि बुझाएको जनाइएको छ।
धनगढी, जेठ २८ : नेकपा एमाले र माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बुझाएको छ।
मुख्यमन्त्रीलाई एमालेले प्रदेशसभा सदस्यहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीको नाम मन्त्रीका लागि बुझाएको जनाइएको छ।
माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम दिएको छ। मुख्यमन्त्री सोडारी सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन्। मन्त्रीमा भागवण्डाका लागि मन्त्रालय फुटाउने तयारी भएको समेत जनाइएको छ।
नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षधर भौतिक पूर्वाधार तथा सामाजिक विकास मन्त्री कैलाश चौधरीले मन्त्रालय विभाजनमा सहमत हुन नसकिने अडान लिएका छन्।
मन्त्री चौधरीले आफ्नो मन्त्रालय टुक्रयाइए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका छन्।
नयाँ नियुक्त हुने मन्त्रीका लागि आजै साँझ ५ बजे शपथ ग्रहणको व्यवस्थाका लागि प्रदेश प्रमुखलाई आग्रह समेत गरिएको छ।












