Kathmandu Press

गृहमन्त्रीको विवादमा सर्वोच्चले झिकायो सिआइवीको प्रतिवेदन

सर्वोच्चले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेशमा भनेको छ।
गृहमन्त्रीको विवादमा सर्वोच्चले झिकायो सिआइवीको प्रतिवेदन

काठमाडौं, जेठ २८ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले सीआईबीको छानविन प्रतिवेदन झिकाएको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिआइवीबाट छानविनको प्रमाणित कपी झिकाउने आदेश दिएको हो।

Hardik ivf

सर्वोच्चले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेशमा भनेको छ।

यस्तै, सर्वोच्चले सहकारी ठगी प्रकरणमा लामिछानेको सचिवालयले गरेको समाचारको खण्डन र सो अनुरुप पठाइएको पत्रसमेत झिकाउन आदेश दिएको छ।

यस्तै सर्वोच्चले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा निर्दोष रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्तिको भिडियोसमेत पेस गर्ने आदेश भएको छ।

प्रकाशित मिति: १४:०३ बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्