Kathmandu Press

प्रधानमन्त्री दाहाल र भारतीय संघीयमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री दाहाल र भारतीय संघीयमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं, जेठ २८ : भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतका नवनियुक्त संघीयमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ।

Hardik ivf

सो अवसरमा प्रधानमन्त्री दाहालले भारतको मन्त्री बनेकोमा जयशंकरलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरेका थिए। उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।

त्यसैगरी मन्त्री जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे।

उनले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएका थिए।

प्रकाशित मिति: १३:५० बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्