Kathmandu Press

विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिजमा, दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

नेपाल क्रिकेट संघ (क्यान) लेलामिछाने वेस्ट इन्डिज गइसकेको र उनले त्यहाँ हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेशभएर खेल्ने जनाएको छ । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका दुई खेल खेल्दैछ । 
विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिजमा, दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

काठमाडौं, जेठ २८ : भिसा नदिएपछि विश्वकप खेल्न अमेरिका जान नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिज पुगेका छन् । उनले त्यहाँ आईसीसी पुरुष टी–२० विश्वकप २०२४ अन्तर्गत हुने खेलहरुमा नेपाली टिमबाट खेल्नेछन् । 

नेपाल क्रिकेट संघ (क्यान) लेलामिछाने वेस्ट इन्डिज गइसकेको र उनले त्यहाँ हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेशभएर खेल्ने जनाएको छ । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका दुई खेल खेल्दैछ । 

Hardik ivf

‘सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ,’ क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत् भनेका छन् । 

लामिछानेलाई टोलीमा समावेश गरेसँगै क्यानले बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखेको छ । यद्यपि क्यानले उच्च अदालत पाटनले मे १५ मा लामिछानेको पक्षमा गरेको फैसलासँगै उनलाई टोलीमा राखेर जिसीलाई रिजर्भमाराखेको दाबी गरेको छ ।लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलेको थियो । 

‘नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसीसामु पेश गरेको थियो,’ जारी विज्ञप्तिमा भनिएको छ । 

अदालतको फैसलापछि पनि सन्दीपलाई क्यानले स्क्वाडमा समावेश नगरेकामा क्यानको चौतर्फी विरोध भैरहेको छ । तर क्यानले सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको दाबी गरेको छ । 
 

प्रकाशित मिति: ०८:२६ बजे, सोमबार, जेठ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्