Kathmandu Press

सात करोड ४० लाख रुपैयाँ अपचलनमा स्क्वायर सहकारी संचालक पक्राउ

सात करोडबढी बचत अपचलन गरेको निष्कर्षसहित काठमाडौं–१४, कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, सचिव काठमाडौं–२५, केलकोलका ६७ वर्षीय सुवर्ण सेलालिक र सदस्य काठमाडौं–२६ नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सात करोड ४० लाख रुपैयाँ अपचलनमा स्क्वायर सहकारी संचालक पक्राउ

काठमाडौं, जेठ २७ : सात करोड चालीस लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाका तीनजना संचालक पक्राउ परेका छन्।

नेपल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीले उनीहरुलाई पक्राउ गरेको हो। सहकारीको रकम अपचलन प्रकरणमा काठमाडौं महानगरपालिकाको सहकारी विभागको अनुसन्धान र सिफारिसपछि सीआइबीले थप अनुसन्धान गरेको थियो।

Hardik ivf

सहकारीको सात करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन गरेको निष्कर्षसहित काठमाडौं महानगरपालिका–१४, कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, सचिव काठमाडौं–२५, केलकोलका ६७ वर्षीय सुवर्ण सेलालिक र सदस्य काठमाडौं–२६ नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउपछि उनीहरुलाई आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखिएको छ।

सहकारी संचालकहरुले आकर्षक ब्याजदर दिन्छु भन्दै निक्षेपकर्ताको रकम सहकारी मुद्दति, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएको, बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा र ब्याज फिर्ता नगरेको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: १८:३६ बजे, आइतबार, जेठ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्