Kathmandu Press

मधेश सरकार विस्तार, मन्त्री र राज्यमन्त्रीले लिए शपथ

मुख्यमन्त्री सतीश सिंहले जनमत पार्टीबाटै त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री बनाउँदै सरकार विस्तार गरेका हुन्।
मधेश सरकार विस्तार, मन्त्री र राज्यमन्त्रीले लिए शपथ

धनुषा, जेठ २७ : मधेश प्रदेश सरकार विस्तार भएको छ।

मुख्यमन्त्री सतीश सिंहले जनमत पार्टीबाटै त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री बनाउँदै सरकार विस्तार गरेका हुन्।

Hardik ivf

आइतबार नै नवनियुक्त वनमन्त्री साह र विनाविभागीय राज्यमन्त्री सकिल मियाँले पद तथा गोपनियताको शपथ लिएका छन्। वनमन्त्री साहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी  र राज्यमन्त्री मियाँले मुख्यमन्त्री सतिश सिंहबाट शपथ लिएका हुन्।

१ मन्त्री र १ राज्यमन्त्री थपिएसँगै मधेश सरकार १६ सदस्यीय बनेको छ। शुक्रबार मुख्यमन्त्री बनेलगत्तै सिंहले १० मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, जेठ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्