Kathmandu Press

राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणमा जाने

राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्याण्ड प्रस्थान गर्ने र ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागिता जनाउने बताइएको छ।
राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणमा जाने

काठमाडौं, जेठ २७ : राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालयले आइतवार विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको हो। राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्याण्ड प्रस्थान गर्ने र ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागिता जनाउने बताइएको छ।

Hardik ivf

सम्मेलनमा उनले समाजिक न्याय सम्बन्धी एक बहस सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यसक्रममा पौडेलले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता समेत गर्नेछन्। त्यसपछि बुधबार जर्मनी प्रस्थान गर्ने कार्यक्रम छ। जर्मनीका राष्ट्रपतिको निमन्त्रणमा राष्ट्रपति पौडेल त्यहाँ जान लागेको जनाइएको छ।

राष्ट्रपतिको भ्रमण टोलीमा उनकी श्रीमति सविता पौडेल, परराष्ट्र सल्लाहकार सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालयका कर्मचारी लगायत रहने जनाइएको छ। भ्रमण सकेर राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने भएका छन्।

 

प्रकाशित मिति: १८:०२ बजे, आइतबार, जेठ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्