जसपा विभाजनको रिट पूर्ण इजलासमा पठाउन आदेश
सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र तिलप्राद श्रेष्ठको संयुक्त इजलासले आइतबार विवादलाई तीनजना न्यायाधीश संलग्न पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।
काठमाडौं, जेठ २७ : जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन सम्बन्धी विवादलाई सर्वोच्च अदालतको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र तिलप्राद श्रेष्ठको संयुक्त इजलासले आइतबार विवादलाई तीनजना न्यायाधीश संलग्न पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।
जसपा विभाजनलाई लिएर निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादवले दिएको रिट यसअघि ‘हेर्दाहर्दै’ मा राखिएको थियो। रिटमा शुक्रबारबाट सुनुवाई शुरु भएको थियो।
निर्वाचन आयोगले अवैध रुपमा पार्टी फुटाउन भूमिका खेलेको दाबीसहित उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवले गत वैशाख ३१ मा रिट दायर गरेका हुन्। रिटमा आयोगको निर्णय बदर गर्न माग गरिएको छ।
उक्त रिटमा यसअघि सर्वोच्चले रिट निवेदकको माग वमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगका निर्णय यथावत् राख्न आदेश दिएको छ। रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र पार्टी विभाजन गर्ने सातजना सांसदलाई समेत विपक्षी बनाएका छन्।
रिटमा पार्टी फुटाएर अशोक राईको नेतृत्वमा नयाँ पार्टी खोल्न भूमिका खेल्ने सांसद र मन्त्रीलाई पदबाट निलम्बित गर्न समेत माग छ।












