Kathmandu Press

लोसपालाई ‘झोसपा’ भनेर होच्याएपछि प्रदेशसभामा विवाद

अस्पतालको ८औं तहको अधिकृतलाई हटाएर दरबन्दी नै रहेको १० औं तहको कर्मचारी खटाइएको बताउँदै एमाले सचेतक तत्माले ‘त्यो कर्मचारी लोसपा–झोसपा वा एमालेका भएर’ सरुवा गरिएको बताएका थिए।
लोसपालाई ‘झोसपा’ भनेर होच्याएपछि प्रदेशसभामा विवाद

जनकपुर, जेठ २७  : मधेश प्रदेशसभाको आइतबार बसेको बैठकमा एमालेका सचेतक लखन दास तत्माले लोसपा पार्टीलाई ‘झोसपा’ भन्दै होच्याएपछि विवादको रुप लिएको छ।

एमालेका सचेतक तत्माले यस्तो आरोप लगाएपछि विपक्षी दल लोसपा र कांग्रेसका सांसदहरुले आपत्ति जनाए।

Hardik ivf

तत्माले महोत्तरी अस्पतालको प्रसङ्ग उठाउँदै लोसपालाई होच्याएका हुन्। अस्पतालको ८औं तहको अधिकृतलाई हटाएर दरबन्दी नै रहेको १० औं तहको कर्मचारी खटाइएको बताउँदै एमाले सचेतक तत्माले ‘त्यो कर्मचारी लोसपा–झोसपा वा एमालेका भएर’ सरुवा गरिएको बताएका थिए।

उनले यसरी लोसपालाई ‘झोसपा’ भनेपछि लोसपाका संसदीय दलका उपनेता उपेन्द्र महतो र प्रमुख सचेतक रानी शर्मा तिवारी उभिएर आपत्ति जनाए।

कांग्रेसका सांसदहरुले पनि तत्माको शब्दप्रति आपत्ति प्रकट गरेका थिए। त्यसपछि उपसभामुख बबिताकुमारी राउत इसरले लोसपालाई झोसपा भनिएको शब्द रेकर्डबाट हटाउन निर्देशन दिइन् । त्यसपछि मात्र विवाद साम्य भएको थियो । तत्माले होच्याएको ‘झोसपा’ शब्द संसद्को रेकर्डबाट हटाइएको छ।

प्रकाशित मिति: १७:२८ बजे, आइतबार, जेठ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्