Kathmandu Press

पाँचथरबाट सुरु भयो ‘ऊनको स्वीटर’को छायाँकन

निर्देशक नवीनका अनुसार विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिकामा अभिनय रहने फिल्मको सेड्युल ३५ दिनमा पुरा हुनेछ।
पाँचथरबाट सुरु भयो ‘ऊनको स्वीटर’को छायाँकन

काठमाडौं, जेठ २७ : पाँचथरको साधुटारबाट फिल्म ‘ऊनको स्वीटर’को मुहूर्तसँगै छायाङ्कन सुरु गरिएको छ ।

फिल्ममा नवीन चौहानको लेखन तथा निर्देशन छ। उनलाई लेखनमा सुरज कटुवालले सघाएका छन्।

Hardik ivf

निर्देशक नवीनका अनुसार विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिकामा अभिनय रहने फिल्मको सेड्युल ३५ दिनमा पुरा हुनेछ।

फिल्ममा एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुनमगर, भावना खपांगी मगर, कवि राई, रुपेश लामालगायतको अभिनय रहनेछ।

फिल्ममा चिन्तनराज भण्डारीको छायांकन रहनेछ। फिल्म यो वर्षको शरद ऋतुमा रिलिज गर्ने निर्माण टिमको योजना छ।

प्रकाशित मिति: १६:३३ बजे, आइतबार, जेठ २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्