प्रधानमन्त्री दाहाललाई विमानस्थलमा विदेश मन्त्रालयका कर्मचारीको स्वागत
प्रधानमन्त्री दाहाललाई इन्दिरागान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेषसचिव पी कुमारनले विमानस्थलमा स्वागत गरे।
काठमाडौं, जेठ २७ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्ली पुगेका छन्।
प्रधानमन्त्री दाहाललाई इन्दिरागान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेषसचिव पी कुमारनले विमानस्थलमा स्वागत गरे।
प्रधानमन्त्रीको टोलीमा कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाल लगायत छन्।
भारतमा रहँदा प्रधानमन्त्री दाहालले समकक्षी मोदीसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम समेत छ।
प्रधानमन्त्री दाहालसोमबार स्वदेश फर्किने छन्।
प्रकाशित मिति: १६:३० बजे, आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












