झोलुंगे पुलमा फसेका १२ खच्चडको उद्धार, २ मरे
आइतबार बिहानैबाट फसेका १४ वटा खच्चड मध्ये १२ खच्चडको सकुशल उद्धार गरिएको छ। २ खच्चड मरेका छन्। एउटा खच्चडको पुलमै मृत्यु भएको र अर्कोको कर्णाली नदीमा खसाल्ने क्रममा मृत्यु भएको बताइएको छ।
दैलेख, जेठ २७ : अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा भाचिँएर फसेका खच्चडको उद्धार गरिएको छ।
आइतबार बिहानैबाट फसेका १४ वटा खच्चड मध्ये १२ खच्चडको सकुशल उद्धार गरिएको छ।
२ खच्चड मरेका छन्। एउटा खच्चडको पुलमै मृत्यु भएको र अर्कोको कर्णाली नदीमा खसाल्ने क्रममा मृत्यु भएको बताइएको छ।
दैनिक उपभोग्य बस्तु ढुवानीका लागि अछामबाट दैलेख आउने क्रममा कर्णाली नदी माथिको झोलुंगे पुलको जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसाले उद्धार गरिएको थियो।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीका साथै स्थानीयको सहयोगमा खच्चडको उद्धार गरिएको हो।
प्रकाशित मिति: १६:२० बजे, आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












