माधव नेपालको आरोप– कम्युनिष्टहरु नै कम्युनिष्ट सिध्याउन लागिपरेका छन्
‘यहाँ कम्युनिस्ट भनिएकाहरु नै कम्युनिस्ट विरोधी भइरहेका छन्। कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ,’ पार्टीले आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’अन्तरक्रिया कार्यक्रममा उनले भने ।
काठमाडौं, जेठ २७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै लागि परेको आरोप लगाएका छन्।
‘यहाँ कम्युनिस्ट भनिएकाहरु नै कम्युनिस्ट विरोधी भइरहेका छन्। कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ,’ पार्टीले आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’अन्तरक्रिया कार्यक्रममा उनले भने ।
अध्यक्ष नेपालले अध्यादेश ल्याएर एकीकृत समाजवादी पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याएर जसपाका दोस्रो तारो बनाएको बताए।
‘अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याउन लागेका छन् । त्यसैले हाम्रा मान्छेलाई जहाँ पनि जान दिने?’ उनले भने, जसरी जनता समाजवादी पार्टीलाई जुन स्थानमा पुर्याउन काम भयो दोस्रो तारो हामी बनिरहेका छौं। यथार्थलाई बुझ्न सकेनौं भने गफले मात्र केही हुने वाला छैन्।’
युवा भनेर भ्रष्टाचारमा चुलु्म्म डुब्ने, जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन नसक्ने तर्क अध्यक्ष नेपालले गरे।
नेपालमा एक दलीय शासनले समाजवाद स्थापित हुन नसक्ने टिप्पणी उनको थियो । उनले अहिले पार्टीलाई जोगाउने कुरा पहिलो प्राथमिकता भएको बताए। त्यसपछि संगठन विस्तारमा लाग्ने उनले बताए।
‘पार्टीलाई सशक्त बनाउन, नयाँ क्रान्तिकारी योद्धाहरु र युवालाई आकर्षण गर्ने मूल काम भएतापनि युवा भनेर भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन,’ उलने भने।












